राजनीति/ समाज
कर्मचारीहरुले शिष्टतापूर्वक राष्ट्रिय महत्वका विषयमा कार्यान्वयन गर्न प्रमुख सचिव घिमिरेको आग्रह
हेटौँडा, २० मंसिर । प्रदेश ३ को प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाउने राष्ट्रिय महत्वको विषयलाई कर्मचारीहरुले शिष्टतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् । प्रदेशसभा सचिवालयद्वारा स्थानीय कर्मचारीहरुलाई संसदीय अभ्यासको साथै सचिवालयमा सू–व्यवस्थित ढंगबाट विधेयक दर्ता र बैठक संचालनमा आईपर्ने समस्यालाई निकास दिने उद्देश्यले...
५ महिनापछि प्रचण्ड– देउवाबीच आधा घण्टा वार्ता : बूढानीलकण्ठमा के भयो कुराकानी ?
काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब ५ महिनापछि भेटवार्ता भएको छ । यसअघि असार १२ गते विहीबार प्रचण्ड र देउवाबीच ललितपुरको कुपन्डोलस्थित होटल समिटमा ुवान टू वानु भेटवार्ता भएको थियो । पार्टीमा कार्यकारी...
वरिष्ठ नेता नेपाल आज मकवानपुरको मनहरी आउँदै
हेटौँडा, २० मंसिर । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल (शुक्रबार) आज मकवानपुरको मनहरी गाउँपालिका आउने भएका छन् । नेता नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरीले आजबाट आयोजना गरेको दुई दिने प्रशिक्षणमा सहभागि हुन मनहरी आउने भएका हुन् । उनले मनहरीको नेकपा नेता तथा कार्यकर्तालाई दुई दिनसम्म प्रशिक्षण...
प्रदेश ३ का मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्ष छिटालाबीच भेटवार्ता
हेटौंडा, १९ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चिनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पौडेल र तिब्बतबीच विहिबार काठमाडौंमा भएको भेटवार्तामा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अबसर भएको बताए । चिनसँग नेपालको सिमाना जोडिएकोले...
समायोजनले काँँग्रेस महाधिवेशन प्रभावित
कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म तय गर्न सकेको छैन । महाधिवेशन गर्न नसकेको ‘विशेष कारण’ देखाएर एक वर्षको कार्यकाल बढाउन सकिने व्यवस्था विधानमा छ । त्यस अतिरिक्त थप ६ महिना...
निर्वाचन आयोग : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा
काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको...
मकवानपुरको भीमफेदीमा विप्लव नेकपाको अन्तरक्रिया
हेटौंडा, १८ मंसिर । मकवानपुरको भीमफेदीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अन्तरक्रिया कार्यक्रम गरेको छ । विप्लव नेकपाले नेपालको लिपुलेक, कालापानी, र लिम्पीयाधुराका विषयमा अन्तरक्रिया गरेको हो । नेकपा भीमफेदीका इन्जार्ज विक्रम रुचालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस गाउँ कमिटिका प्रतिनिधि, स्थानीय बुद्धीजिवी लगायतकाको सहभागिता रहेको थियो ।
अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री
उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालयबारे आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित...
बाराको गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न नेकपा प्रदेश २ का अध्यक्ष साहको आग्रह
मकवानपुर, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सुचीमा राख्न आग्रह गरेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष शाहले प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न सरकारलाई...
महरालाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता
बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको...










