राजनीति/ समाज

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा मनमोहन अस्पतालमा

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् । सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा...

उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालय आजदेखि शनिबारसम्म बन्द

मकवानपुर, ११ मंसिर । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको लागि मतदान केन्द्र परेका विद्यालयहरु आजदेखि चार दिन बन्द हुने भएका छन् । निर्वाचन आयोगले मतदान केन्द्र परेका विद्यालयहरु आज (बुधबार) देखि शनिबारसम्म बन्द गर्न आग्रह गरेको हो । साथै आयोगका अनुसार, उपनिर्वाचनका लागि मतदान केन्द्र नपरेको विद्यालय...

राप्रपा मकवानपुरले एक महिने विशेष अभियान संचालन गर्ने

मकवानपुर, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले एक महिने विशेष संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको बैठकले सो निर्णय गरेको हो । सो अभियान यही मंसिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुनेछ । उक्र बैठकले...

उपनिर्वाचन २०७६ : आज चुनाव प्रचार प्रसार गर्ने अन्तिम दिन, नियम उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि १ लाखसम्म जरिवाना

मकवानपुर, ११ मंसिर । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार अन्तिम दिन हो । मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन । मौन अवधिमा दलहरुले सभा...

पोखरा–९ स्थित नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट

पोखरा, ११ मंसिर । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बुधबार (आज) दिउँसो बम विस्फोट भएको छ । पोखरा महानगरपालिका ९ स्थित प्रदर्शन केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा...

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रवेश

बैतडी, ११ मंसिर । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीबाट निर्वाचित डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै अन्य १५ जना...

प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो

मकवानपुर, ११ मंसिर । स्वास्थ्यमा सुधार देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट हटाइएको छ । मङ्गलबार भेन्टिलेटरमा राखिएको प्रधानमन्त्री ओलीलाई आज बिहानदेखि हटाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ । एपेन्डिसाइटिससहित पेटको संक्रमण...

गोरक्षनाथ महायज्ञबाट साढे १ करोड संकलन

मकवानपुर, ११ मंसिर । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मंगलबार समापन भएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गर्नुभएको सप्ताह महायज्ञ समापनको दिन मंगलबार २२ लाख रुपैयाँ संकलन भएको लेखा समिति...

प्रदेश ३ मानव अधिकार आयोगको कार्यक्रम – स्थानीय तहमा समेत मानवअधिकार शिक्षा लागू गर्नु पर्छ : सभामुख श्रेष्ठ

मकवानपुर । प्रदेश नं. ३ सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारका कानूनहरु बन्दै रहेको बताएका छन् । आज हेटौंडामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ३ कार्यालयले आयोजना गरेको मावन अधिकार आवधिक समीक्षा कार्यशाला गोष्ठीमा बोल्दै सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । सभामुख श्रेष्ठले स्थानीय तहमा समेत मानवअधिकार शिक्षा लागू...

मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुसँग गोप्य छलफल गर्दै प्रचण्डले भने – राजधानी र नामाकरण पार्टीको सचिवालयबाट निर्णय हुन्छ

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री सालिक राम जम्मकट्टेल तथा अन्य मन्त्रीहरुसँग गोप्य भेटघाट गरेका छन् । सो गोप्य भेटघाटमा अध्यक्ष प्रचण्डले भने राजधानी र यसको नामाकरणको...