नेकपा हेटौँडा नगरका अध्यक्ष र सचिवद्वारा सपथ ग्रहण
हेटौँडा, २४ मंसिर । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताका क्रममा हेटौंडा उपमहानगरपालिका अन्र्तगतका १९ वटा वडाका अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका छन् ।
सोमबार नेकपा हेटौंडा नगर वडा कमिटीमा रहेका अध्यक्ष र सचिवलाई पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तानले सपथग्रहण गराएकी हुन् ।
उनले सपथ ग्रहण गराउँदै पार्टीको मुख्य जग भनेकै वडा भएकाले क्रियाशिल र मजबुद बनाउन नेतृत्वतहले ध्यान दिनुपर्ने बताइन् ।
यसअघि हेटौंडा नगर कमिटी एकसय एक सदस्यीय चयन भइसकेको छ । जसमा ३८ सदस्यीय सचिवाल गठन गरिएको छ । वडा अध्यक्ष र सचिव चयन भएपनि सदस्य भने बाँकी रहेको छ । प्रत्येक वडामा ३५ सदस्यीय कमिटी चयन हुने जनाइएको छ ।
कार्यक्रम नेकपाका नगर अध्यक्ष रघु आचार्यको अध्यक्षतामा भएको हो ।
