राजनीति/ समाज
खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल
मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका...
उपनिर्वाचन : धरान–७ मा नेकपाको जित, कांँग्रेसद्वारा पुनः मतगणना गर्न माग
सुनसरी, १६ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी विजयी भएका छन् । अध्यक्ष पदमा नेकपाका उम्मेदवार सुवेदी १ मतले विजय भएका हुन् । वडाध्यक्ष पदमा नेकपाका सुवेदी विजयी भएपछि मतपरिणाम घोषणा हुन लाग्दा विवाद सुरु भएको छ । विवादित मतपरिणामलाई नेपाली कांग्रेसका नेताहरूले बदर भएको...
विद्याले जोगाइन् विरासत
कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको...
नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ । प्रधानमन्त्री...
राप्रपा मकवानपुरले भारतद्वारा जारी नक्सा हेटौँडामा जलायो
हेटौँडा, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर सम्बद्ध जनबर्गिय संगठनहरुले भारत सरकारले हालै जारी गरेको नक्सा हेटौँडामा जलाएको छ । संगठनले भारतद्वारा हालै जारी गरेको नक्साप्रती असहमति जनाउदै आईतबार हेटौँडामा नक्सा जलाएको हो । हेटौंडा–५ सानोपोखरास्थित पार्टी कार्यालयबाट निस्केको र्याली बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो...
प्रदेश–३ : भक्तपुरबाट प्रदेशसभा सदस्यमा काँग्रेसका भँडेल विजयी
मकवानपुर, १५ मंसिर । प्रदेश ३ को भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेस विजयी भएको छ । भक्तपुर क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रेस उम्मेदवार कृष्णलाल भँडेल विजय भएका हुन् । भँडेल १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम...
वडाध्यक्षको नतिजा : कुन पार्टीले कहाँ जित्यो ?
मकवानपुर, १५ मंसिर । उपनिर्वाचन २०७६ मा भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिएको छ । जसमा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर पहिलो स्थानमा, नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा रहेको छ ।...
सिमा अतिक्रमणविरुद्ध राप्रपा मकवानपुरका भातृ संगठनले हेटौँडामा प्रदर्शन गर्ने
मकवानपुर, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठनले सिमा अतिक्रमण गरेबारे भारतविरुद्ध हेटौँडामा प्रर्दशनी गर्ने भएको छ । राप्रपा भातृ संगठन सम्बद्ध जनबर्गिय संगठनको बिहिबार बसेको आकस्मिक बैठकले यही मंसिर १५ गते हेटौँडामा प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला र हेटौंडा...
उपनिर्वाचनका दिन जाँड रक्सीमा प्रतिबन्ध
चितवन, १२ मंसिर । यही मंसिर १४ गते शनिबार हुने निर्वाचनका लागि चितवनका दुई स्थानीय तहका तीन वटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका...
प्रधानमन्त्री ओलीको नयाँ मिर्गौलाका लागि दुई जना फेला
प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट...









