काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

तु खबर संवाददाता
२०७६ पुष ४, शुक्रबार १४:२६
file-photo

मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार (आज) दिउँसो १ बजे बोलाइएको बैठक एक सातासम्मको लागि स्थगित भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिबाटै अघि बढ्ने उद्देश्यले १० पुससम्म बैठक स्थगित भएको जानकारी दिए ।

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका बैठकमा पेश नगरेसम्म सहभागी नहुने पार्टी नेता रामचन्द्र पौडेल र संस्थापन पक्षका नेताहरुको अडानका कारण केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदै स्थगित हुँदै आएको छ ।

पार्टी संस्थापन पक्षले २६ मंसिरमा बोलाएको बैठकमा महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै नेता पौडेलसहित उनी पक्षधर नेताहरुले बैठक बहिस्कार गर्दै आएका छन् । बहिस्कारका बाबजुद पार्टी केन्द्रीय कार्यसमिति बैठक २६ र २७ मंसिरमा भएको थियो ।

पहिलो बैठकमा महामन्त्री डा.शशांक कोइराला र पूर्णबहादुर खड्का दुवै अनुपस्थित भएपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले नौं बुँदै एजेण्डा पेश गरेका थिए । ती एजेण्डाहरुमा आफूहरुको सहमति नरहेको भन्दै असन्तुष्ट पक्षले संशोधनको माग गरेको छ ।

असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरु आफूहरुको माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने अडान राखेपछि पार्टीको २९ मंसिर, २ पुस र शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक लगातार स्थगित हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*