हेटौँडाका २५ जना काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

तु खबर संवाददाता
२०७६ पुष ६, आईतवार ०८:२०

हेटौंडा, ६ पुस । हेटौंडा १९ का नेपाली काँग्रेसका क्रियाशिल नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

नेकपा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रमबीच काँग्रसेका २५ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रम प्रदेश सांसद एवम् नेकपा मकवानपुरकी अध्यक्ष मनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कान्छालाल रुम्बाको नेतृत्वमा २५ जना नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिनले जानकारी दिए ।

पार्टीका हेटौँडा–१९ का अध्यक्ष मंगललाल गोलेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य एवम् नगर सह–इन्चार्ज विवेक राई, जिल्ला सदस्य पूर्णबहादुर वाइवा, रुपेश बर्तौला, पार्टी हेटौंडा नगरका सचिव तीर्थ थापा, नगर सदस्य देवेन्द्र दाहाल, १९ नम्बर वडाका अध्यक्ष नरनाथ सुवेदी, पार्टीका १९ वडा सचिव लोकनाथ लामालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*