राष्ट्रिय सभा निर्वाचन : काँग्रेस र समाजवादीले सिट गुमाउँदै

तु खबर संवाददाता
२०७६ पुष ४, शुक्रबार ०८:५९

नयाँ राजनीतिक घटनाक्रम विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् ।

प्रदेश २ बाहेकका सबै प्रदेशमा नेकपाको सहज बहुमत छ भने नेकपाले बुधबार राजपासँग गठबन्धन गरेपछि अरूले कुनै सिट नजित्ने देखिएको छ । प्रदेश २ बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेकाले राजपाको दुई सिट आउनेछ ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभामा रहेका आफ्ना २ जना सदस्यको पदावधि सकिन लाागेपछि त्यसलाई जोगाउन राजपाले नेकपासँग गठबन्धन गरेको छ । राजपाले आफ्नो सिट सुरक्षित गरेसँगै २ सिटको प्रत्यक्ष फाइदा नेकपालाई पुग्ने भएको छ । प्रदेश २ बाट कांग्रेस र समाजवादीबाट रिक्त हुने १र१ सिट नेकपाको भागमा पर्ने निश्चित जस्तै छ । तर, गोप्य मतदान हुने भएकाले ‘भोट क्रस’ हुने सम्भावना पनि छ ।

राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छन् । प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशगत रूपमै निर्वाचन आयोगले सञ्चालनमा ल्याउने निर्वाचन कार्यालयमा मतदान हुनेछ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ ।

यसपटक प्रदेशगत रूपमा प्रत्येक समूहबाट एकरएक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने उम्मेदवारले चुनाव जित्नेछन् । यसअघि एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट मतदान भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*