काँग्रेसको तेश्रो चरणको जागरण अभियान कार्यक्रम केही दिनको लागि स्थगित

तु खबर संवाददाता
२०७६ पुष ३, बिहीबार १५:५३
file-photo

मकवानपुर, ३ पुस । नेपाली कांग्रेसको यही पुस ७ गतेबाट सुरु गर्ने भनिएको तेश्रो चरणको जागरण अभियान कार्यक्रम स्थगित गरेको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत पुस ७ गतेदेखि सुरु भई पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन समापन हुने भनिएको कार्यक्रम हाललाई स्थगित गरेको हो ।

अहिले जाडो र विभिन्न राजनीतिक प्रतिकुलताका साथै पार्टीको बैठक चलिरहेकाले केही समयलाई सारिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसले पहिलो र दोश्रो चरणको जागरण अभियान कार्यक्रम गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*