राजनीति/ समाज

बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट, मानव मलमुत्र खुवाउने प्रयास

चितवन, २३ मंसिर । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका नं. २ का वडाध्यक्षमाथि कुटपिट भएको छ । वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् । उनलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको थियो । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (सोमबार) सचिवालय बस्दैछ । कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने...

मुख्यमन्त्री पौडेलद्वारा हेटौँडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन

हेटौंडा, २३ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि बढेको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिँदै उनले...

मुख्यमन्त्री पौडेलले गरे नेपाली खेलाडीको प्रशंसा

मकवानपुर, २२ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेको छ । मुख्यमन्त्री पौडेलले आईतबार (आज) एक सन्देशमार्फत नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गरेको हो । “हालसम्म पनि...

नवनिर्वाचित सांसद भँडेलद्वारा सपथ ग्रहण

हेटौँडा, २२ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश ३ को भक्तपुर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद भँडेललाई आईतबार (आज) प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका...

काँग्रेस अझै भित्तामा गाई देखाएर भोट माग्दैछ : पूर्व अर्थमन्त्री पाण्डे

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एबम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली काँग्रेसको चिन्तन अझै नसुध्रिएकाले पछाडि पर्दै गएको बताएका छन् । पूर्व अर्थमन्त्री पाण्डेले नेकपा मनहरीले आयोजना गरेको दुई दिने प्रशिक्षण समापन कार्यक्रममा सो कुरा बताएका हुन् । उनले तत्कालीन काँग्रेस नेता विपी कोइरालाले...

मनहरीको प्रतापपुरमा बन्नेभयो १७ सय मिटर तटबन्ध

मकवानपुर, २२ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास भएको छ । शनिबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले उक्त तटबन्धनको शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्र्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका...

‘देशमा समृद्धि आउनको लागि सहकारीको ठूलो भूमिका छ’ : मुख्यमन्त्री पौडेल

मकवानपुर, २१ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशमा समृद्धि आउनको लागि सहकारीको भूमिका रहेको बताएका छन् । शनिबार (आज) हेटौंडामा मकवानपुर नमुना प्रगति साकोसको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सहकारीले अब बचत गर्ने र ऋण लिने...

विप्लप नेतृत्वको नेकपाद्वारा हेटौँडामा नेपालको नक्सा प्रर्दशन

हेटौंडा, २१ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. १८, हर्नामाडीमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालको नम्सा प्रर्दशन गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पासाङ र हेटौंडा नगर इन्जार्ज शिवको नेतृत्वमा शुक्रबार नेपालको वास्तविक नक्सा प्रर्दशन गरिएको हो । कालापानीबाट भारतिय सेना लखेट्ने र नेपाली भुमि फिर्ता लिनका...

नेकपा मकवानपुरमा संघीय समाजवादीका जिल्ला सदस्य थिङसहित १ सय ३७ जना प्रवेश

मकवानपुर, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १ सय ३७ जनाले पार्टी प्रवेश गरेका छन् । शुक्रबार (आज) मकवानपुरको मनहरीमा आयोजित नेकपाको दुई दिने प्रशिक्षण कार्यक्रममा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ३७...