‘प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व निम्तिन्छ’
हेटौंडा, १५ पुस । संघीय समाजवादी फोरम, मकवानपुरले प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व हुने चेतावनी दिएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फोरमले नेवाः ताम्सालिङ प्रदेश अबिलम्ब घोषणा गर्न माग गरेको छ ।
यदी फोरमको मागलाई व्यवास्था गरी बाग्मती नै कायम गरे देशमा घटना निम्तिने चेतावनी दिँदै घटनाको जिम्मेवार रहन् सरकारले लिनुपर्ने बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने गरी निर्णय गरेको थियो ।
फोरम मकवानपुर अध्यक्ष शुभरत्न गोले तामाङले बाग्मती नाम राखे करिब ३२ हजार पुरानो ताम्सालिङ सभ्यता र नेवार समुदायको पहिचान विपरित हुने धारणा राखे ।
यो निर्णयले प्रदेश ३ को ३७ प्रतिशत भन्दा धेरै जनसंख्या रहेका नेवार र तामाङ समुदायको अस्तित्वमाथि धावा बोलेको समाजवादी फोरमले जनाएको छ ।
