राजनीति/ समाज

प्रदेश – ३ को राजधानी र नामाकरण छिट्टै टुङ्ग्याउन प्रचण्डको आग्रह

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानी र यसको नामाकरण छिट्टै टुंगिने बताएका छन् । आज हेटौंडा आइपुगेका अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीको सरकारी निवासमा मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीलगायतसँग गोप्य छलफल गरेपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले प्रदेशसभाबाट राजधानी र यसको नामाकरणको काम...

मुख्यमन्त्री तथा मन्त्रीहरुसँगको छलफलपछि प्रचण्ड नेता कार्यकर्तालाई सम्बोधन गर्दै

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा पत्रकार तथा दलका नेताहरुलाई सम्बोधन गर्दैछन् । यसअघि प्रचण्डले ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल, कानूनमन्त्री सालिकराम जम्मकट्टेल र सभामुख सानुकुमार श्रेष्ठसँग निकैसमय छलफल गरेका थिए । सो छलफल लगत्तै प्रचण्ड अहिले...

नेकपा अध्यक्ष प्रचण्ड हेटौंडामा : मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीसँग गोप्य छलफलमा

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड हेटौंडा आइपुगेका छन् । उनी सरासर मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास पुगेर मुख्यमन्त्री, ३ नं. प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलसँग गोप्य छलफलमा जुटेका छन् । चितवनबाट हेटौंडा हुँदै २ नम्बर प्रदेशतर्फ जाने तयारीमा रहेका...

नेपालको वास्तविक नक्सा सार्वजनिक

काठमाडौं, ९ मंसिर । सीमा बचाऊ अभियानले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हो । अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल...

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त गर्थिन् । सकारात्मक जवाफ आक्कलझुक्कल मात्रै पाउँथिन् । सरकारबाट बुधबार बाहिरिएकी उनको प्रधानमन्त्रीसँग सबैभन्दा ठूलो गुनासो छ, ‘प्रधानमन्त्रीबाट सल्लाह र निर्देशन...

संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन : कानुनमन्त्री जम्मकट्टेल

मकवानपुर, ९ मंसिर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मट्टेलले प्रदेश सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग...

समृद्धि प्राप्तिका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, ९ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा संक्रमणकालको अन्त्य हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश नं. ३ को सौराहामा दुई दिने प्रदेश भेलामा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै तीन तहका सरकारबीच समन्वय हुन नसक्दा...

मकवानपुरको हाँडीखोलामा विप्लव नेकपाद्वारा राँके जुलुस

मकवानपुर, ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोलामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गएराती राँके जुलुस निकालेको छ । मनहरीको हाडिखोलामा जिल्लाभरका विप्लवका नेता तथा कार्यकर्ता सवै जम्मा भएर गएराती राँके जुलुस निकालेका हुन् । पार्टीले आफ्नो छैटौं पुनरगठन दिवसका अवसरमा अहिलेको सरकारकाविरुद्ध चर्का नारा लगाउँदै जुलुस राँके जुलुस...

प्रतिपक्षी नेता देउवाको गम्भीर आरोप : प्रधानमन्त्रीको सल्लाहमा नै भारतले नक्सा छाप्यो

चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् । ‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर...

सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र समृद्ध नेपालको यात्रा सम्भव छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, ६ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आधारभुत आवश्यकता पछि अन्य आवश्यकताहरु क्रमशैसँग आउने बताएका छन् । शुक्रबार भीमफेदी गाउँपाकाको कोगटे तथा ईपा क्षेत्रको भ्रमणका क्रममा सो कुरा बताउँदै उनले भने “सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र समृद्ध नेपालको यात्रा सम्बभ सम्भव हुन्छ” ।...