राजनीति/ समाज
प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष
मकवानपुर, ४ मंसिर । पुष्पकमल दाहाल (प्रचण्ड) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष अध्यक्ष भएका छन् । बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त निर्णयसँगै पार्टीका बैठकमा प्रचण्डले अध्यक्षता गर्ने छन् । यद्यपि, दुई...
नेपाली काँग्रेस क्षेत्रीय कोषाध्यक्ष साउद नेकपामा प्रवेश
मकवानपुर, ४ मंसिर । नेपाली काँग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराएका हुन् । साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको...
प्रदेश ३ का १३ वटै जिल्लामा मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम
मकवानपुर, ४ मंसिर । गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का १३ वटै जिल्लाका सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति,...
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार (आज) मध्यान्ह १२ बजेका लागि सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्दैछन् । बालुवाटारमा दुई अध्यक्षको भेटघाटपछि १२ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रधानमन्त्री...
हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तराष्ट्रिय स्तरको हुनुपर्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, ४ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रदेशभित्रका सबै सामुदायिक विद्यालयको सबलीकरण गर्ने बताएका छन् । हेटौँडा–१८ मा रहेको गोरक्षेश्वर माविमा प्राविधिक शिक्षा शुरुआत गर्ने उद्देश्यले आयोजित महयज्ञको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तराष्ट्रिय स्तरको हुनुपर्ने बताए । सामुदायिक विद्यालय कमजोर र...
मन्त्रिमण्डल पुनर्गठन : ओली–दाहाल असहमति
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ। सोमबार नै...
सातै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने
काठमाडौं, २ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै सो कुरा बताएका हुन् । सो कार्यक्रममा उनले...
१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको...
सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस नेतासमेत रहेका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका...
उपनिर्वाचन हुने क्षेत्रमा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट बाँडफाँड नगर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६–७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र...










