प्रदेश–३ : भक्तपुरबाट प्रदेशसभा सदस्यमा काँग्रेसका भँडेल विजयी
मकवानपुर, १५ मंसिर । प्रदेश ३ को भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेस विजयी भएको छ ।
भक्तपुर क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रेस उम्मेदवार कृष्णलाल भँडेल विजय भएका हुन् ।
भँडेल १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।
प्रदेश ३ को प्रदेशसभा सदस्यमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलमा यसअघि २१ जना सदस्य रहेका थिए भने हाल उपनिर्वाचनबाट नवनिर्वाचित भएका भँडेल समेत गरी नेपाली काँग्रेस संसदीय दलमा २२ जना सदस्य रहेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार, प्रदेशसभामा साविक सत्तारुढ नेकपाको ८० जना, नेपाली काँग्रेसको २२ जना, साझा विवेकशील दलको ३ जना, नेपाल मजदुर किसान पार्टीको २ जना, राप्रपा संयुक्तको १ जना, राप्रपाको १ जना र स्वतन्त्र सांसद १ जना गरी कुल १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।
डेढ वर्षअघि भक्तपुर क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका स्वर्गीय हरिशरण लामिछानेको निधन पछि उक्त पद रिक्त रहेको थियो ।
