वडाध्यक्षको नतिजा : कुन पार्टीले कहाँ जित्यो ?

तु खबर संवाददाता
२०७६ मंसिर १५, आईतवार १२:३०
file-photo

मकवानपुर, १५ मंसिर । उपनिर्वाचन २०७६ मा भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिएको छ ।

जसमा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर पहिलो स्थानमा, नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडामध्ये नेकपाले ८ वडा गुमाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले जितेका ठाउँमा उपचुनाव हुने १२ वडा थिए । तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाएको छ ।

यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*