राजनीति/ समाज

साढे २ महिनापछि ओली-नेपालको ४ घन्टा छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो। प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए। उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार...

उपनिर्वाचन : स्थानीय तहका ४८ स्थानमा मनोनयन दर्ता, प्रदेश ३ मा ६ वटा

मकवानपुर, २७ कात्तिक । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बुधबार ४८ वटा स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आयोगले आज (बुधबारं) बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले मिति निर्धारण गरे बमोजिम बुधवार ४८...

काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : अध्यक्ष थापा

पोखरा, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिस्ट बिचार बोकेर काँग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरेका छन् । कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सो कुरा दाबी गरेका हुन् ।...

आज स्थानीय तहको उम्मेदवारी दर्ता हुँदै

मकवानपुर, २७ कात्तिक । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आज विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता...

हेटौँडा आएर सभापति देउवाले भने–‘लिपुलेक नेपालको हो’

मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय सरकारले सर्वाजनिक गरेको नयाँ नक्सामा समावेश गरिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भएको बताएका छन् । मंगलबार (आज) हेटौंडामा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश ३ स्तरीय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले लिपुलेक र...

अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याउनको लागि सरकारसँग काँधमा–काँध मिलाउन काँँग्रेस तयार छ : नेता पौडेल

मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सो कुरा बताउँदैनेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा–काँध मिलाउन कांग्रेस तयार रहेको...

प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरेप्रति आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडौंको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो । सो क्रममा उनीहरुले ‘सरकार कता हरायो,...

काँग्रेस सभापति देउवा हेटौंडामा

मकवानपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा हेटौंडा आइपुगेका छन् । आजबाट हेटौंडामा सुरु हुन लागेको ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटनका निम्ति देउवा हेटौंडा आइपुगेका हुन् । सोही कार्यक्रममा प्रशिक्षकको रुपमा काँग्रेस नेतृ तथा देउवा पत्नी आरजु राणा देउवा पनि साँझसम्म हेटौंडा आइपुग्ने नेपाली काँग्रेस मकवानपुरले...

आलम प्रकरण : पीडितले फेर बयान

चम्नी भट्टामा जिउँदै जलाइएको भनिएका व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन् । २०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरदहवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ ।...

सांसद बानियाँद्वारा ३ करोडको १३ वटा योजना बाँडफाँड

मकवानपुर, २६ कात्तिक । प्रदेश–३ प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नंं. २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो । बैठकले ४ वटा योजना ५०–५० लाख रुपैँयाको...