नेपालको वास्तविक नक्सा सार्वजनिक

तु खबर संवाददाता
२०७६ मंसिर ९, सोमबार ०९:३७

काठमाडौं, ९ मंसिर । सीमा बचाऊ अभियानले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हो ।

अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ ।

नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तराष्ट्रियकरण गरिने बताइएको छ ।

केहीदिन अघि भारत सरकारले नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*