संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन : कानुनमन्त्री जम्मकट्टेल

तु खबर संवाददाता
२०७६ मंसिर ९, सोमबार ०८:२२
फाईल फोटो

मकवानपुर, ९ मंसिर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मट्टेलले प्रदेश सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए ।

‘संघीय सरकारसँग टसल गरेर जाने पक्षमा प्रदेश ३ को सरकार छैन,’ मन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारलाई अधिकार दिलाउने गरी संघीय सरकारले आवश्यक कानुनको निर्माण गरिरहेको छ।’

उनले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढ्न पनि आह्वान गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*