समृद्धि प्राप्तिका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, ९ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा संक्रमणकालको अन्त्य हुन नसकेको बताएका छन् ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश नं. ३ को सौराहामा दुई दिने प्रदेश भेलामा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै तीन तहका सरकारबीच समन्वय हुन नसक्दा समृद्धि प्राप्तिमा कठिनाइ हुने बताए ।
सो क्रममा उनले भने, “समृद्धि प्राप्तिका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्ने हो त्यसो हुन सकेको छैन ।” अधिकार प्राप्तिका लागि धेरै ऐन कानून बन्न बाँकी रहेको र केही बनिरहेको बताए ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ का अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको भेलामा प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, सदस्यहरु तथा जिल्ला समन्वय अधिकारीहरुको सहभागिता रहेको थियो ।
