मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुसँग गोप्य छलफल गर्दै प्रचण्डले भने – राजधानी र नामाकरण पार्टीको सचिवालयबाट निर्णय हुन्छ

तु खबर संवाददाता
२०७६ मंसिर १०, मंगलवार ११:५३
file-photo

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री सालिक राम जम्मकट्टेल तथा अन्य मन्त्रीहरुसँग गोप्य भेटघाट गरेका छन् । सो गोप्य भेटघाटमा अध्यक्ष प्रचण्डले भने राजधानी र यसको नामाकरणको विषयमा पार्टीको हाइकमाण्डमा निर्णय गरिने बताएको स्रोतको भनाई छ ।

प्रदेश नम्बर ३ को राजधानी र यसको नामाकरणमा प्रदेशसभाले आवश्यक निर्णय लिन ढिलाई गरिरहेको छ । यसै सन्दर्भमा अध्यक्ष प्रचण्डले यो पार्टीको हाइकमाण्डबाट निर्णय हुने बताएका हुन् ।

यो राजनीतिक विषय भएकाले यसलाई पार्टीको सचिवालयबाट आवश्यक निर्णय हुने प्रचण्डको भनाई थियो । छलफलमा सहभागीहरुले पनि प्रचण्डको सो अभिव्यक्तिमा समर्थन जनाएका थिए ।

तर, लगत्तै सो भेटघाटपछि प्रचण्डले नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रदेशसभा र सरकारले राजाधानीको नामकरण र राजधानी टुंगोमा पुर्याउन प्रकृया अघि बढाउन आग्रह गरेका थिए । यो प्रकृयामा उनले सहयोग गर्ने समेत बताएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा अध्यक्ष प्रचण्ड हेटौंडामा : मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीसँग गोप्य छलफलमा

मुख्यमन्त्री तथा मन्त्रीहरुसँगको छलफलपछि प्रचण्ड नेता कार्यकर्तालाई सम्बोधन गर्दै

प्रदेश – ३ को राजधानी र नामाकरण छिट्टै टुङ्ग्याउन प्रचण्डको आग्रह

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*