प्रदेश ३ मानव अधिकार आयोगको कार्यक्रम – स्थानीय तहमा समेत मानवअधिकार शिक्षा लागू गर्नु पर्छ : सभामुख श्रेष्ठ
मकवानपुर । प्रदेश नं. ३ सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारका कानूनहरु बन्दै रहेको बताएका छन् । आज हेटौंडामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ३ कार्यालयले आयोजना गरेको मावन अधिकार आवधिक समीक्षा कार्यशाला गोष्ठीमा बोल्दै सभामुख श्रेष्ठले यस्तो बताएका हुन् ।
सभामुख श्रेष्ठले स्थानीय तहमा समेत मानवअधिकार शिक्षा लागू गर्नुपर्ने बताएका छन् । विभिन्न समयमा बनेका कानूनहरु त्रुटीपूर्ण रहेको ती कानूनहरु सच्याउनुपर्ने समेत बताएका छन् ।
उनले कार्यक्रममा मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र अनुमोदन गरेका दस्तावेजहरु नेपालले कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक, निर्देशक यज्ञप्रसाद अधिकारी, समाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख जिल्ला अधिकारी लगायतका महानुभावहरुको उपस्थित रहेको थियो भने १३ जिल्लाका संघसस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
