गोरक्षनाथ महायज्ञबाट साढे १ करोड संकलन

तु खबर संवाददाता
२०७६ मंसिर ११, बुधबार ०९:२४

मकवानपुर, ११ मंसिर । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मंगलबार समापन भएको छ ।

प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गर्नुभएको सप्ताह महायज्ञ समापनको दिन मंगलबार २२ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

समापनको दिन ठूलो रकम सहयोग गर्नेहरुमा हेटौंडा १८ का माधव थापा र मुकुन्द थापाबाट १२ लाख रकम बराबरको १ कठ्ठा जग्गा दान गर्नुभएको छ भने हेटौंडा ५ का व्यवसायी तथा समाजसेवी रामबहादुर गौतमबाट २ लाख ७ हजार, पण्डित नारायण पोख्रेल प्रतिष्ठान काठमाडौंबाट १ लाख, हेटौंडा १८ का रामजी थापाबाट ६६ हजार, हेटौंडा १८ घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहेका रञ्जन कार्की र रञ्जु कार्कीबाट ५५ हजार, साह मेडिकल हल हेटौंडाका संचालक केशरीप्रसाद साहबाट ५१ हजारसहित २२ लाख रुपैयाँ संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।

मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख, ७ गते शनिबार ३५ लाख, ८ गते आईतबार २५ लाख, ९ गते २४ लाख ५० हजार र आज समापनको दिन मंगलबार २२ लाख रुपैयाँ गरी १ करोड ५८ लाख ५ हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

कार्यक्रम ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता एवं महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमूख आतिथ्यतामा भएको समापन भएको हो ।

समापन कार्यक्रममा विद्यालयको सहयोगार्थ लगाइएको महायज्ञमा सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन भएको श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*