राप्रपा मकवानपुरले भारतद्वारा जारी नक्सा हेटौँडामा जलायो
हेटौँडा, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर सम्बद्ध जनबर्गिय संगठनहरुले भारत सरकारले हालै जारी गरेको नक्सा हेटौँडामा जलाएको छ ।
संगठनले भारतद्वारा हालै जारी गरेको नक्साप्रती असहमति जनाउदै आईतबार हेटौँडामा नक्सा जलाएको हो ।
हेटौंडा–५ सानोपोखरास्थित पार्टी कार्यालयबाट निस्केको र्याली बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारि, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युबक संगठनका केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले लगायतको सहभागीमा नाराबाजिका साथ जुलुस अघि बढेको थियो ।
जुलुसमा सिमा अतिक्रमण बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, आत्मसमर्पणबाद मुर्दाबाद, बिस्तारबाद मुर्दाबाद जस्ता नारा लगाईएको थियो ।
कोण सभालाई पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारी, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युबक संगठनका जिल्ला अध्यक्ष शुक्र प्रजा, महिला संगठनका अध्यक्ष बालकुमारी डल्लाकोटी, युबक संगठन हेटौंडा नगर अध्यक्ष भृगु कार्की लगायतले सम्बोधन गरेका थिए ।
