बाराको गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न नेकपा प्रदेश २ का अध्यक्ष साहको आग्रह
मकवानपुर, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सुचीमा राख्न आग्रह गरेका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष शाहले प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न सरकारलाई आग्रह गरेका हुन् ।
नेपालको आर्थिक उन्नतिका पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको जीकिर गर्दै अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरि मधेशमा पर्यटक भित्र्याउन सकिने बताए ।
गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्नु त्यसको आधार बन्ने उनको विश्वास छ । अध्यक्ष साहले माता जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्व सम्पदा सुचीमा समेट्न आग्रह गरेका हुन् ।
