काँग्रेस अझै भित्तामा गाई देखाएर भोट माग्दैछ : पूर्व अर्थमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७६ मंसिर २२, आईतवार ११:५९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एबम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली काँग्रेसको चिन्तन अझै नसुध्रिएकाले पछाडि पर्दै गएको बताएका छन् । पूर्व अर्थमन्त्री पाण्डेले नेकपा मनहरीले आयोजना गरेको दुई दिने प्रशिक्षण समापन कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले तत्कालीन काँग्रेस नेता विपी कोइरालाले भित्तामा गाईको चित्र टाँसेर सबैको घरमा गाई होस् र सबैले दूधभात खान पाउने वातावण बनोस् भनेर सुरु गरेको काँग्रेसको राजनीतिक यात्राको गति अहिले पनि पुरानै अबस्थामा रहेका बताए ।

‘समय र परिस्थिति अनुसार काँग्रेस फेरिन नसकेकाले पुरानै चालले हिँड्दैछ’, नेता पाण्डेले भने –‘त्यही भएर काँग्रेससँग जनताले समृद्धिको आशा गरेका छैनन् ।’

उनले राजनीतिक मुद्दामा १४ बर्ष जेल बस्न सक्ने प्रधानमन्त्री भएको पार्टीका युवाहरु अनैतिक मुद्दामा २ घण्टा प्रहरी हिरासतमा बस्न समेत आँत्तिने गरेको सुनाए । ‘प्रहरी हिरासतबाट छुटाउने भए छुटाउनुस् नत्र पार्टी छोड्छु’ भन्नेहरुको जमात बढ्दै गएकाले राजनीति नै असुरक्षित र असन्तुलित भएको उनको तर्क थियो ।

एक अर्काे प्रसंगमा उनले युवाहरु समृद्धिसँग जोडिन नसके समृद्धि नारामै सीमित हुने बताउँदै अध्ययनलाई प्राथमिकता दिँदै जुनसुकै किसिमको शिक्षालाई निःशुल्क गरी व्यवहारिकतातर्फ ढाल्नेगरी शैक्षिक वातावरण बनाउनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*