काँग्रेस मकवानपुरको ३ गाउँपालिकामा सभापति चयन, भीमफेदीमा श्रेष्ठ
हेटौंडा, २४ मंसिर । नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापत चयन गरेको छ । केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तहअन्तरगत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको जानकारी दिए ।
समायोजनसंगै नेपाली काँग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा सञ्जिव श्रेष्ठ, कैलाश गाउँपालिका सभापतिमा सूर्यबहादुर तितुङ र मनहरी गाउँपालिका सभापतिमा नारायण उप्रेती चयन भएको हो ।
बाँकी राक्सीराङ गाउँपालिकार ईन्द्रसरोवर गाउँपालिका भोली २५ गतेसम्म टुंग्याईने निर्वाचन अधिकृत न्यौपाने जानकारी बताए ।
सभापति चयनपछि काँग्रेस मकवानपुर पार्टी सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रमाणपत्र दिंदै कार्यसफलताको कामना गरेका थिए ।
यसअघि प्रतिनिधिसभाको दुई, प्रदेशसभाको चार र पाँच वटा स्थानीय तहको सभापतिहरु समायोजन गरिएको थियो ।
समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा, क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर १ को (ख) मा ताराप्रसाद चौलागाई, क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सुजन गोपाली र क्षेत्र नम्बर २ को (ख) मा लोकबहादुर मुक्तान सभापति चयन भएका थिए ।
त्यस्तै थाहा नगरपालिकाको नगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको नगर सभापतिमा आनन्दराम पराजुली, गढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान, बागमती गाउँपालिकाको सभापतिमा भक्तबहादुर राई र बकैया गाउँपालिकाको सभापतिमा भूमिनन्द गौतमलाई समायोजन गरिसकिएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
