योजना तयार पार्ने तर, कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ पुष १०, बिहीबार १७:२२
file photo

मकवानपुर, १० पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति तथा योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा सो कुरा बताएका हुन् ।

“हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधैंको समस्या भएको छ”, उनले भने ।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो ।

सो क्रममा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्दै त्यसको व्यवस्थापन गर्नका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पौडेलले विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*