राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै

हेटौंडा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।
नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।
प्रदेशसभाको बैठक नजिकिँदै जाँदा राजधानीको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्रै तीव्र विरोधले निर्णय कार्यान्वयनमा सकस देखिएको छ । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ ।
सचिवालयको निर्णय कार्यान्वयन गराउन प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलले दिउँसो २ बजे बैठक बोलाएको छ । राजधानी र नामाकरणकै विषयमा सहमती जुटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक पनि दिउँसो काठमाडौंमा बस्दै छ ।
दुवै संसदीय दलको साझा एजेण्डा प्रदेश ३ को राजधानी र नामाकरणको विषय रहेको छ । नेकपा र कांग्रेस संसदीय दलको बैठकमा राजधानीमा हेटौंडा र नाम बागमती राख्ने विषयमा सहमतीको प्रयास खोजिने बताइएको छ ।
यसैगरी हिजो बिहीवार हेटौंडामा भएको प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठकले यही पुस २१ गते बस्ने प्रदेशसभा बैठकमा लैजाने एजेण्डा तय गरेको छ ।
बैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीका विषयमा भने पुस २२ गते मात्र निर्वाचन गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते