राजनीति/ समाज

योजना तयार पार्ने तर, कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १० पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति तथा योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा...

राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्छु : कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने बताएका छन् । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा बुधबार आयोजित विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र...

यस वर्ष विद्युतीय बस सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

हेटौँडा, ९ पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने बताएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँग मंगलबार भएको भेटमा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ...

काँग्रेस मकवानपुरद्वारा कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीको अवसरमा अन्तरक्रिया

हेटौंडा, ८ पुस । नेपाली काँग्रेस मकवानपुरले मंगलबार नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मदिवसको अवसरमा आज मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा...

मूख्यमन्त्री पौडेलको प्राथमिकतामै परेन प्रदेश राजधानी कहाँ रहला र नाम के होला ?

मकवानपुर । मूख्यमन्त्री डोरमणि पौडेल मुख्य मुद्धा छोडेर अन्यत्र बढी समय दिन थालेका छन् । अहिले प्रदेश ३ को स्थायी राजधानी र यसको नामाकरण मूख्य मुद्धा भएपनि उनले यसबारे आफ्नो संसदीय दलमा समेत छलफल गर्न सकेका छैनन् । सार्वजनिक कार्यक्रमहरुमा राजधानी साता दिनभित्र कहिले १५ दिन भित्र टुङ्ग्याउँछु भन्दै...

प्रदेश ३ को स्थायी राजधानी र नाम तत्काल टुंगो लगाउन काँग्रेसको माग

हेटौंडा, ७ पुस । नेपाली काँग्रेसले प्रदेश ३ को स्थायी राजधानी र नाम तत्काल तोक्न माग गरेको छ । प्रदेश ३ को संसदीय दलको आइतबार बसेको बैठकले स्थायी राजधानी र नाम छिटो तोक्न माग गरेको हो । काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकले...

काँग्रेस विवाद : मिसन एकातिर, नेताहरू अर्कैतिर

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । संसद्को प्रमुख प्रतिपक्षी कांग्रेस भने सरकारलाई खबरदारी गर्ने योजना र रणनीतिभन्दा आफैंभित्रको झगडामा फस्दै गएको छ । प्रतिपक्षको भूमिका सदन र सडकमा कमजोर भएको चौतर्फी आवाज उठ्दासमेत कांग्रेसले आफूलाई सच्याएको छैन । संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले यतिबेला...

हेटौँडाका २५ जना काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

हेटौंडा, ६ पुस । हेटौंडा १९ का नेपाली काँग्रेसका क्रियाशिल नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नेकपा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रमबीच काँग्रसेका २५ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रम प्रदेश सांसद एवम् नेकपा मकवानपुरकी अध्यक्ष मनु...

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

मकवानपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार (आज) दिउँसो १ बजे बोलाइएको बैठक एक सातासम्मको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिबाटै अघि बढ्ने उद्देश्यले १० पुससम्म बैठक स्थगित भएको जानकारी दिए । पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका बैठकमा पेश नगरेसम्म सहभागी नहुने पार्टी नेता रामचन्द्र पौडेल...

राष्ट्रिय सभा निर्वाचन : काँग्रेस र समाजवादीले सिट गुमाउँदै

नयाँ राजनीतिक घटनाक्रम विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् । प्रदेश २ बाहेकका सबै प्रदेशमा नेकपाको सहज बहुमत छ भने नेकपाले बुधबार राजपासँग गठबन्धन गरेपछि अरूले कुनै सिट नजित्ने देखिएको छ । प्रदेश...