नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल

हेटौंडा, २० पुस । हेटौंडास्थित मुख्यमन्त्री निवासमा जारी सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमा ५ जनाले बोल्न बाँकी छ ।
६२ जनाले बैठकमा बोल्नको लागि नाम टिपाएकोमा समाचार तयार पार्दासम्म ५७ जनाले आफ्नो धारणा राखेका
छन् ।
शुक्रबार दिउँसोदेखि जारी बैठक आइतबार हालसम्म चलिरहेको छ । राजधानी हेटौंडा राख्ने र नाम बाग्मति हुने नेकपा केन्द्रीय सचिवालयको बैठक विरुद्ध कडा रुपमा अभिव्यक्ति दिएका तत्कालिन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले आजको बैठकमा बोल्दै अझै छलफल गर्न जरुरी छ भनी पूर्ववत् बोलेको कुराबाट धेरै लचिलो भएको संकेत दिएका छन् ।
त्यस्तै बैठकमा धारणा राख्दै धादिङबाट निर्वाचित डा. रामकुमार अधिकारीले राजधानीको विषय दूरगामी महत्व राख्ने कुरा भएको र राम्रा सन्ततिले अबको एक सय वर्ष पछि पनि हाम्रो क्षमताको मूल्याङ्कन गर्ने भएकोले यसमा अझै छलफलको आवश्यकता रहेको बताएका छन् ।
चितवनबाट निर्वाचित कृष्ण खनालले पार्टीको निर्णयलाई लागू गरिनुपर्ने धारणा राखेका छन् । काभ्रेबाट निर्वाचित लक्ष्मण लम्सालले राजधानी र यसको नामाकरणको सम्बन्धमा पार्टी केन्द्रीय सचिवालयले गरेको निर्णय विधि सम्मत नभएको धारणा राखेका छन् ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला