प्रजातन्त्र सेनानी संघ मकवानपुरद्वारा ४२ जना बृद्धबृद्धा सम्मानित
हेटौंडा, २० पुस । नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरले ७५ वर्ष पुगेका ४२ जना बृद्धबृद्धालाई सम्मान गरेको छ ।
संघको आईतबार भएको जिल्ला भेलाले समिति विस्तारका साथै ७५ वर्ष पुगेका ४२ जना बृद्धबृद्धलाई सम्मान गरेको हो ।
संघका जिल्ला अध्यक्ष दामोदर सुवेदीको सभाध्यक्षता एवं संघका केन्द्रीय सभापति टंकप्रसाद कंडेल शर्माको प्रमूख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले दामोदर सुवेदीको सभापतित्वमा १३ सदस्यीय जिल्ला समिति छनोट गरेको छ । समितिको उपसभापति प्रदिपलाल श्रेष्ठ, सचिवमा बासुदेव दाहाल, सहसचिवमा गोविन्दप्रसाद सुवेदी, कोषाध्यक्षमा राधा कोइराला चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः गोकुल नेपाल, बालकृष्ण सापकोटा, टंकराज धिताल, कृष्णप्रसाद नेपाल, कृष्णप्रसाद अधिकारी, अर्जुनकुमार थिङ, खिलाप्रसाद घिमिरे र माधवप्रसाद आचार्य रहेका छन् ।
कार्यक्रममा सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
