राष्ट्रिय सभा निर्वाचन : प्रदेश ३ मा नेकपा र काँग्रेसद्वारा उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७६ पुष २०, आईतवार १५:२४

ललितपुर, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनको लागि आईतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् भने काँग्रेसका तर्फबाट छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य रचना खड्का र समर्थकमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी रहेका छन् ।

यस्तै नेकपाकै अर्का उम्मेदवार बेल्बासेका प्रतावक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थक बसेका छन् ।

यसैगरी काँग्रेसका उपाध्ययाको प्रस्तावकमा सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामा र अर्का प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थन रहेको छ ।

अर्का काँग्रेस उम्मेदवार श्रेष्ठले सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी प्रस्तावक र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थक राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*