प्रदेश ३ को राजधानी : प्रदेशसभा सांसदलाई गलपासो
प्रदेश नं. ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं.३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौंडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् ।
प्रदेश नं. ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुईतिहाइभन्दा बढी सदस्यले हेटौंडा स्थायी राजधानी उपयुक्त छैन भन्ने धारणा बाहिर ल्याउँदा पनि नेकपाभित्र भने पार्टीको ह्वीप जारीले नेकपाका प्रदेशसभा सदस्यलाई थप समस्या भएको हो ।
प्रदेशसभा सदस्य शशीजङ्ग थापाले स्थायी राजधानी हेटौँडा अधिकांशका लागि अनुपयुक्त भएको बताउँदै भक्तपुर या काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने बताए। अधिकांश प्रदेशसभा सदस्यको चाहना काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने धारणा रहेको बताउँदै उनले भने, ‘सबै दृष्टिकोणले भक्तपुर वा काभ्रे उपयुक्त हो, शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भनेर प्रतिवेदन बुझाएकै हो, हामीले चुनावमा प्रतिबद्धता जनाएकै हौँ तर अहिले पार्टीको परिस्थिति फरक हुँदा समस्या आएको छ ।’
अर्का सदस्य चेतनाथ सञ्जेलले हेटौँडा स्थायी राजधानी अनुपयुक्त भएको भन्दै पार्टी सचिवालयको निर्देशकसहित काभ्रे वा हेटौँडाकाबारेमा छलफल गरेर सहमति कायम गर्ने प्रयास भइरहेको जानकारी दिए ।
प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँले काभ्रेमा राजधानी नबनाउन नेकपाभित्र निकै चलखेल भएको बताउँदै काभ्रे विरुद्ध अदृश्य शक्तिसमेतको चलखेल बढेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुईतिहाइ बहुमतभन्दा बढी काभ्रेको पक्षमा मतदान हुने जिकिर गरे । उनले भने, ‘हामी इतिहास रचेर जान्छौँ, काभ्रेको पक्षमा मतदान गर्छौँ, हाम्रा सन्ततीलाई हामीलाई धिक्कार्ने बाटो दिँदैनौं ।’
पार्टीको लिखित निर्देशन नआएकाले सुझावलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सदस्यहरूको भनाइ छ । अर्का प्रदेशसभा सदस्य रत्न ढकालको पनि उस्तै भनाइ छ । उनले भने, ‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छौंं, बहुमत सांसदको चाहना हेटौँडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र विभिन्न खालका प्रलोभन बाँडेर काभ्रेको पक्षमा दुईतिहाइ पुग्न नदिने षडयन्त्र भइरहेको छ ।’ उनले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुःखद् भएको बताउँदै संवैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गरे ।
अर्का सदस्य लक्ष्मण लम्सालले हेटौँडा मै पनि पार्टीको गुटको भेला हुनु दुःखद् भएको बताउँदै अन्तिम समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताए ।
अर्का सदस्य चन्द्र लामाले भोलि २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउँदै संविधान र पार्टीको विधान विपरीत निर्णय आउनु विडम्बना भएको बताए । उनले भने, ‘पार्टीको जस्तोसुकै निर्देशन आओस, काभ्रे मै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नुपर्छ भन्ने छैन, मतदानमा ‘फ्लोर क्रस’ हुन्छ, हुन्छ ।’
अहिले हटौँडाका प्रदेशसभा सदस्यको बस्ने खानेसमेत टुङ्गो नहुँदा र होटलमा बस्नु पर्दा तलबसमेत नबच्ने गरेको गुनासो बढेको । हेटौंडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतासमेत रहेको भन्दै अधिकांश सदस्यले प्रदेश राजधानी हेटौँडा अनुपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले तत्काल द्रुतमार्ग, कान्ति लोकपथ, भीमफेदी कुलेखानी सुरुङ मार्ग, फर्पिङ फाखेल सडक निर्माण सम्पन्न र फर्पिङ फाखेल, कुलेखानी हेटौंडा सडकको स्तरोन्नति गर्नुपर्ने सभा सदस्यहरूको भनाइ छ ।
रातोपाटीबाट
यो पनि पढ्नुहोस् ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
