राप्रपाले भव्यतामा साथ पृथ्वीजयन्ती मनाउने
काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ । राप्रपाले यही पुस २६ गतेदेखि २८ गतेसम्म पृथ्वीजयज्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको हो ।
पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।
राप्रपाले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना तथा चियापान आयोजना गर्नेछ ।
सोही दिन पार्टीको कलासाहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ ।
पार्टीले यही पुस २७ गते सार्वजनिक बिदाको समेत माग गरेको छ ।
