हेटौंडाको पक्षमा मतदान गर्न विवेकशील दलको माग
हेटौंडा, २१ पु्स । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको मुख्य एजेण्डा लिएर प्रदेश ३ को प्रदेशसभा बैठक आजदेखि बस्दैछ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
विवेकशील नेपाली दल मकवानपुरले आजबाट सुरु प्रदेशसभा बैठकमा दलको तर्फबाट प्रतिनिधित्व गर्ने आफ्ना प्रदेशसभा सदस्यहरुलाई मतदानको प्रक्रियामा हेटौंंडाको पक्षमा मत हाल्न आग्रह गरेको छ ।
प्रदेश ३ सभामा विवेकशीलबाट रमेश पौड्याल र विराजभक्त श्रेष्ठले प्रतिनिधित्व गरेका छन् । हेटौंडा राजधानी प्रस्ताव गरेमा प्रदेशसभामा हुने मतदानमा विवेकशीलले विपक्षमा मतदान गर्ने दाबी गरेको थियो ।
विवेकशील मकवानपुरले हेटौंडालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गन मतदान गर्न आग्रह गरेको हो ।
प्रदेश ३ को राजधानीको विषयमा विवेकशील नेपाली दलको प्रादेशिक संसदीय दलको निर्णयमा विवेकशील नेपाली दल मकवानपुरको असहमति रहेको जनाएको छ ।
विवेकशील मकवानपुरले हेटौडालाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्नेमा अडान लिएको जिल्ला अध्यक्ष कृष्णदेव भण्डारीले बताए ।
विवेकशील दल प्रदेश ३ संसदीय दललाई आफ्नो निर्णयमा पुर्नविचार गर्न अनुरोध गरेको छ । विवेकशीलका प्रदेश सांसद रमेश पौड्यालले हेटौंडा स्थायी राजधानी बनाउने विषयमा आफुहरुले पटकपटक फरक मत राख्दै आएको बताएका छन् ।
उनले राजधानी हेटौंडा अपायक पर्ने कारणले आफुहरुले मतदान नगर्ने बताए । ‘यो पहिलेकै निर्णय हो र त्यसमा हामी अडिग छौँ ।’ उनले भने ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
