काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज बस्दै

तु खबर संवाददाता
२०७६ पुष २१, सोमबार १०:१३
file-photo

काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ ।

सभापति शेरबहादुर देउवा पक्षले गत साता केन्द्रीय समितिको बैठकबाट गरिएको निर्णय सच्याउँन दबाब दिन भन्दै असन्तुष्ट पक्षले आज पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

केन्द्रीय समितिमा देउवा पक्ष बलियो भएपनि बहुमत जिल्लाका सभापतिहरु असन्तुष्ट पक्षका रहेका छन् । सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको तयारी छ ।

पार्टीको १४ औं महाधिवेशनको मिति एक वर्ष पछि सारेको विषयलाई लिएर संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच कांग्रेस केन्द्रीय समितिले २०७७ साल फागुनमा गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*