राजनीति/ समाज

राजधानी र नामको लागि हुने मतदान धकेलियो

हेटौंडा, २१ पुस । आज बिहान बसेको प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा लैजाने एजेण्डा तय गरेको छ । आजको बैठकमा प्रदेशको नामाकरण कार्यविधि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीकाको लागि हुने मतदान प्रक्रिया भने...

हेटौंडाको पक्षमा मतदान गर्न विवेकशील दलको माग

हेटौंडा, २१ पु्स । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको मुख्य एजेण्डा लिएर प्रदेश ३ को प्रदेशसभा बैठक आजदेखि बस्दैछ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । विवेकशील नेपाली दल मकवानपुरले आजबाट सुरु प्रदेशसभा बैठकमा दलको तर्फबाट प्रतिनिधित्व गर्ने आफ्ना...

काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज बस्दै

काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ । सभापति शेरबहादुर देउवा पक्षले गत साता केन्द्रीय समितिको बैठकबाट गरिएको निर्णय सच्याउँन दबाब दिन भन्दै असन्तुष्ट पक्षले आज पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेला बोलाएको हो । केन्द्रीय समितिमा देउवा पक्ष बलियो भएपनि बहुमत जिल्लाका...

संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान

हेटौंडा, २१ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पैडेलले हेटौंडामा जारी नेकपा संसदीय दलको बैठकले राजधानी हेटौंडा र नाम बागमती राख्ने सर्वसम्मतीले निर्णय गरेपछि मात्रै मतदान हुने बताएका छन् । ‘संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमै हेटौंडा राजधानीको निर्णय गरेपछि मात्रै संसद बैठकमा मतदान प्रक्रिया अघि बढ्नेछ ।–’ मुख्यमन्त्री...

व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ

हेटौंडा तीन नम्बर प्रदेश राजधानी बन्न सक्छ भन्ने विषयलाई मकवानपुरका नागरिक समाजका अगुवाहरु मिलेर एउटा महत्वपुर्ण बिषय बनाउन सफल भयौ । हेटौंडा पनि प्रदेश राजधानी वन्न सक्छ । यो पनी सम्भव छ भन्ने सबैलाई लाग्न थाल्यो । हामीहरुले शुरु गरेको हेटौडा प्रदेश राजधानी वन्न सक्छ भन्ने विषयमा जती बुझदै...

राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै

हेटौंडा, २१ पुस । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको मुख्य एजेण्डा लिएर प्रदेश ३ को प्रदेशसभा बैठक आजदेखि बस्दैछ । प्रदेशको राजधानी र नाम २ वर्षदेखि टुंग्याउन सकस भइरहेको थियो । गत आइतबार सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न...

राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !

हेटौंडा, २१ पुस । प्रदेश ३ को नेकपा संसदीय दलको बैठकमा तीन दिनसम्म निरन्तर राजधानीको विषयमा सहमतीको प्रयास गरेपनि हालसम्म निर्णय हुन सकेको छैन । शुक्रबारदेखि बसेको बैठक आइतबारसम्म आइपुग्दा पनि प्रदेश ३ को राजधानी र नामको विषयमा विवाद चुलिँदा ठोस निर्णय गर्न नसकेको हो । बैठकमा सांसदहरुले मिश्रित...

नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !

मकवानपुर, २० पुस । नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केशब स्थापितले हेटौंडाको १, २ र ३ नम्बर वडा तथा राप्ती खोलाको तिरैतिर चितवनसम्मलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नेकपाको जारी संसदीय दलको बैठकमा प्रस्ताव गरेका छन् । उनले प्रदेश राजधानीको नाम बाग्मति नभई पद्मज्योति वा पद्मरश्मी नामकरण गर्न...

हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत

मकवानपुर, २० पुस । प्रदेश ३ सभामा प्रतिनिधित्व गर्ने विवेकशील पार्टीले प्रदेश राजधानीको विपक्षमा मतदान गर्ने भएको छ । हेटौंडा राजधानी प्रस्ताव गरेमा प्रदेशसभामा हुने मतदानमा विवेकशीलले विपक्षमा मतदान गर्ने दाबी गरेको छ । प्रदेश ३ सभामा विवेकशीलबाट रमेश पौड्याल र विराजभक्त श्रेष्ठले प्रतिनिधित्व गरेका छन् । सांसद रमेश...

संसदीय दलको बैठक विवादबीच स्थगित, २२ गते बस्ने

हेटौंडा, २० पुस । नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । २२ गते पुनः बस्ने गरी बैठक स्थगित भएको छ । हेटौंडास्थित मुख्यमन्त्री निवासमा शुक्रबारदेखि जारी दलको बैठक आइतबारसम्म लम्बिएको थियो । आइतबारसम्म ६३ जना सांसदहरुले आफ्ना धारणा राखेका छन् । बैठकमा विवाद भइरहेपछि २२ गते पुनः बस्ने...