राजनीति/ समाज

प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’

हेटौंडा, २१ पुस । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका शालिकराम जमकट्टेल धादिङबाट निर्वाचित प्रदेश सांसद हुन । उनी नेकपा संसदीय दलको उपनेता पनि हुन् । उनले पटक–पटक हेटौंडा अपायक हुने भन्दै प्रदेशको राजधानी राख्न नहुने अडान लिँदै आएका थिए । नेकपा सचिवालय बैठकले प्रदेश ३...

जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !

हेटौंडा, २१ पुस । आज सोमबार भएको प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्ने पालो आयो उपत्यकाबाट निर्वाचित कांग्रेस सांसद नरोत्तम बैद्यको । रोस्टममा आएपछि वैद्यले प्रदेश राजधानीको विषयलाई चर्कोरुपले उठाए । तर, उनलाई प्रदेश राजधानीको विषयमा अनुमति थिएन । प्रदेश नामाकरण सम्बन्धी कार्यविधि बारे बोल्न रोस्टममा आएका वैद्यले आफ्नै...

प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने

हेटौंडा, २१ पुस । हेटौंडामा आज सोमबार भएको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउँसो ३ बजेलाई पुनः बस्ने गरी आजको बैठक स्थगित भएको सदनलाई जानकारी गराए । प्रदेश नामाकरण सम्बन्धी कार्यविधि २०७६ प्रदेशसभाले स्वीकृत गरेको छ । मुख्य सचेतक...

प्रदेशको नाम बागमती राख्न किन हतार ?

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले नामाकरणको विषयमा अध्ययन कार्यदल बनाउनु पर्ने बताएका छन् । प्रदेशको नामाकरणको बारेमा हतार गरेर पहिचान मेटाउन खोजिएको उनले बताए । हतारमा नामाकरण कार्यविधि ल्याएर कुण्ठित गर्न खोजिएको उनले बताए । सांसद ग्लानले प्रदेशको...

प्रदेश नं.३ को प्रदेशसभा बैठकको प्रत्यक्ष प्रशारण

मकवानपुर, २१ पुस । प्रदेश नम्बर ३ प्रदेशसभाको बैठक हेटौंडामा सुरु भएको छ । बैठकमा प्रदेश सदस्यहरुले आ आफ्नो धारणाहरु राखिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले धारणा राखिसकेका छन् भने अहिले स्वतन्त्र साँसद प्रेम तामाङ बोलिरहेका छन् । ४ बजेर ४२ मिनेटमा प्रदेशसभा बैठक...

प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य रिता माझीले प्रदेश ३ को प्रदेशसभा भंग गर्न आग्रह गरेकी छिन् । प्रदेशसभा र सदस्यहरुको अधिकार प्रयोग गर्न नपाइने भए संघीयता खारेज गर्नुपर्ने राप्रपाकी सांसद माझीले बताइन् । जनताको समस्या, अप्ठ्यारा सदनमार्फत सरकारमा पु¥याउन नसक्नु...

प्रदेश ३ को नाम बागमती राख्न खोजेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, २१ पुस । प्रदेश नम्वर ३ को नाम बागमती राख्न खोजेको भन्दै सोमबार काठमाडौं माइतीघरमा प्रदर्शन भएको छ । विभिन्न जातीय संघस‌ंस्थाले प्रदेश ३ को नाम बागमती नभई नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन् । उनीहरुले बागमती प्रदेश चाँहिदैन, पहिचान मेट्न पाइदैन भन्दै प्रर्दशन गरेका थिए...

हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश ३ को राजधानी हेटौंडाको विकल्प नभएको बताएका छन् । उनले जनताको लागिमात्रै नभई देशकै लागि प्रदेशको राजधानी हेटौंडा आवश्यक रहेको बताएका छन् । संसदमा बोल्दै बानियाँले सामरिक दृष्टिकोणले पनि हेटौंडा...

राप्रपाले भव्यतामा साथ पृथ्वीजयन्ती मनाउने

काठमाडौं, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ । राप्रपाले यही पुस २६ गतेदेखि २८ गतेसम्म पृथ्वीजयज्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको हो । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति...

हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली

हेटौंडा, २१ पुस । हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउन दबाब र्याली सडकमा उत्रिएको छ । ‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ दबाब र्याली निक्लिएको हो । हेटौंडाको बुद्धचोकमा जम्मा भएर र्याली प्रदेशसभा भवनमा पुग्नेछ । जिल्लाका स्थित सबै राजनीतिक दलका युवा तथा विद्यार्थी संगठन, सामाजिक...