राजनीति/ समाज

सांसदले हानिन् राज्यमन्त्रीको गालामा थप्पड

धनुषा, १७ पुस । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई सांसद प्रमिलादेवी दासले गालामा थप्पड हानेकी छन् । नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवलाई मंगलबार दिउँसो प्रदेश सभा भवन बाहिर थप्पड हानेकी हुन् । उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली काँग्रेसले प्रदेश सभा...

नेकपा नेता प्रल्हाद लामिछानेको दाबी– राजधानीको लागि हेटौँडा नै अब्बल

प्रदेश नं. ३ को राजधानी हेटौँडामै कायम गर्ने र प्रदेशको नाम बागमती राख्ने सत्तारुढ नेकपाको सचिवालयले निर्णय गरेपछि २ वर्षदेखि कायम रहेको अन्यौलता हटेको छ । नेकपा सचिवालयको उक्त निर्णयलाई लिएर कतै खुसी र बधाई साटासाट भइरहेको छ भने कतै राजधानी र नामको विषयलाई लिएर विरोध र असन्तुष्टिका स्वरहरु...

संसदमा कड्किए रामनारायण विडारीः ‘रअ’ले नेपालमा ‘हैरान पारेको छ’

हेटौंडा, १६ पुस । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपालमा विदेशी जाशुसी निकायका एजेण्टहरुले हैरान पारेको बताएका छन् । बुधवार राष्ट्रियसभामा पेश भएको विशेष सेवा विधेयकमाथिको छलफलका क्रममा उनले यो विधयेक विदेशी जाशुसीका एजेण्ट तह लगाउन ठिक भएको बताएका छन् । नेपालको आन्तरिक मामिलामा रअ र सीआईएका एजेण्टहरुले हस्तक्षेप गरेको...

त्यो सरकारमा कमल थापा नभएको भए…

हेटौंडा, १५ पुस । अहिले राजनीतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्णयले हलचल मच्चाइरहेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गर्यो, त्यसपछि एक्कासी देशको राजनीतिमा खैलाबैला नै मच्चायो । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ...

माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला

हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यो बागमती प्रदेशमा भनेपछि कार्यक्रम स्थलमा खैलाबैला मच्चिएको छ । मंगलबार नेकपाको हेटौंडास्थित १९ वटै वडा कमिटीहरुको सपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै बाग्मती प्रदेशमा पार्टीको सांगठनिक संरचना यस्तो बनाउनु पर्छ भन्दै बोलेका थिए । जब...

राप्रपा के.स. मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी

३ नम्वर प्रदेशको स्थायी राजधानी हेटौँडा र नामाकरण बागमती राख्ने नेकपा केन्द्रीय सचिवालय निर्णयले अहिले तरंग पैदा गरेको छ । लामो समयदेखि राजधानी र नामाकरणको विषय प्रदेशसभामा अन्यौलता र अनिर्णयको बन्दी बन्दै आएको थियो । स्थायी राजधानी हेटौँडालाई बनाउनुपर्छ भन्ने जोड जति थियो, काभ्रेलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने केही...

माधव नेपालले हेटौंडामा चित्त दुखाउँदै भने–नेकपा विधिमा चल्न सकेन

हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधिमा नचलेको आरोप लगाएका छन् । उनले पार्टी विधि भन्दा बाहिर गएको घुमाउरो तरिकाले भनेका छन् । ‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ...

‘प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व निम्तिन्छ’

हेटौंडा, १५ पुस । संघीय समाजवादी फोरम, मकवानपुरले प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व हुने चेतावनी दिएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फोरमले नेवाः ताम्सालिङ प्रदेश अबिलम्ब घोषणा गर्न माग गरेको छ । यदी फोरमको मागलाई व्यवास्था गरी बाग्मती नै कायम गरे देशमा घटना निम्तिने चेतावनी...

प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

हेटौंडा, पुस १४ । भर्खरै सकिएको प्रदेश नं. ३ मन्त्रीपरिषद् बैठकले आउँदो पुस २१ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने व्यवस्था छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले ३ नं. प्रदेशको...

प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने

हेटौंडा, पुस १४ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पुसभित्रै प्रदेशको राजधानी र नाम संसदबाट टुंगिने बताएका छन् । पुसको अन्तिमसम्म प्रदेशसभाको बैठकले राजधानी र नामको टुङ्गो लगाउने उनले बताए । ‘पुसभित्रै प्रदेशसभा बैठकले छलफल र मतदानको प्रक्रिया सकेर राजधानी र नाम टुंगो लगाउला ।–’ तु खबरसँग कुरा...