भोली राजधानी सम्बन्धी प्रस्ताव पेश हुने, नामाकरणको २७ गते

तु खबर संवाददाता
२०७६ पुष २५, शुक्रबार १५:३८

हेटौंडा, २५ पुस । कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा ३ वटा कार्य सूचि तय गरेको छ ।

प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल र समितिका संयोजक दिपक निरौलाले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि छ ।

यसैगरी आजको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गर्ने कार्य सूचि छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोली २६ गते प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव पेश गर्ने भएको छ । भोलीको प्रदेशसभा बैठक दिनको १ बस्ने भएको छ ।

समितिले पुस २७ गते प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने भएको छ । प्रदेशसभा बैठक बिहान ९ बजेदेखि बस्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*