कार्यव्यवस्था समितिको बैठक सुरु

तु खबर संवाददाता
२०७६ पुष २५, शुक्रबार १४:४०

हेटौंडा, २५ पुस । कार्यव्यवस्था परामर्श समितिको बैठक हेटौंडामा सुरु भएको छ । नेकपा संसदीय दलको बैठक सकिए लगतै कार्यव्यवस्था समितिको बैठक बसेको हो ।

कार्यव्यवस्था समितिमा प्रदेशसभा प्रतिनिधित्व गर्ने सबै राजनीति दलको सहमागिता छ । भर्खरै सकिएको नेकपा संसदीय दलले राजधानी हेटौंडा र नाम बाग्मतीको प्रस्ताव मात्रै प्रदेशसभा लैजाने निर्णय गरेको थियो ।

समितिको बैठकले राजधानी र नाम तोक्न आज बस्ने प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने निर्णय गरेमा प्रक्रिया अगाडि बढ्ने छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*