काभ्रेका सांसद लामा तनावमा, तु खबरसँग भने– ‘हेटौंडा मानेर जाने–नजाने दुई दिनपछि थाहा हुन्छ’

तु खबर संवाददाता
२०७६ पुष २५, शुक्रबार १४:१६

हेटौंडा, २५ पुस । सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलले आफ्ना सांसदलाई प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेपछि काभ्रेका सांसदले तनाव भएको प्रतिक्रिया दिएका छन् ।

दलको निर्णय पश्चात प्रतिक्रिया बुझ्न तु खबरले काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामालाई सम्पर्क गरेको थियो । लामाले अहिले आफूलाई तनाव भएको भन्दै कुनै प्रतिक्रिया नदिने बताए ।

‘यस्तो तनाव भइरहेको छ । मेरो धारणा नसोध्नुस, मलाई नपेल्नुस । म अहिले केही बोल्दिन ।–’ लामाले तु खबरसँग फोनमा भने । दलको निर्णय मानेर जान सहमत हुनु भएको हो भनेर तु खबरले गरेको प्रश्नमा उनले भने– हेटौंडा मानेर जाने–नजाने दुई दिनपछि थाहा हुन्छ ।

एक प्रदेशसभा सदस्यका अनुसार संसदीय दलको बैठकमा काभ्रेको पनि प्रस्ताव लैजान सांसदहरुले माग गरेका थिए । तर, दलको निर्णयले राजधानी हेटौंडा र नाम बाग्मतीको मात्रै प्रसताव प्रदेशसभामा लाने निर्णय गरेको थियो ।

‘दलको बैठकमा काभ्रेका सांसदहरुले हाम्रो पनि मन रााख्दिनु भन्नु भएको थियो । दलले पार्टी निर्देशन अनुसार निर्णय गर्यो ।–’ एक सांसदले भने ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*