राजनीति/ समाज

संसदमा नौलो प्रस्तावः प्रदेशको नाम ‘नेताबा’

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश ३ को नाम नौलो राख्न प्रस्ताव गरेका छन् । महर्जनले नेताहरुले ठाडो निर्देशन दिएको कारण प्रदेशको नाम ‘नेताबा’ राख्न पर्ने भन्दै व्यङ्ग्य गरे । महर्जनले ‘नेताबा’लाई परिभाषित पनि गरेका छन् । उनले नेः नेवा, ताः ताम्सालिङ र बाः बाग्मती भन्दै...

‘काभ्रेका सांसदले किन खुट्टा कमाए ?’

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य रमेश पौड्यालले काभ्रेकै पक्षमा बोल्ने सांसदहरुले किन खुट्टा कमाएको भन्दै प्रश्न गरेका छन् । प्रदेशको राजधानी काभ्रे बनाउनु पर्छ भनेर बोल्ने काभ्रेका सांसदहरुको बोली लरबरिएको सांसद पौड्यालले बताए । उनले काठमाडौंबाट म्यासेज आएको भन्दै लरबरिएको दावी गरे । उनले राजधानी हेटौंडा नभई काभ्रे...

दुईतिहाइ मतले हेटौंडा राजधानी बनाउनु पर्छः सांसद सिग्देल

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा राजधानीको विकल्प नभएको बताएकी छिन् । मकवानपुरबाट निर्वाचित सांसद सिग्देलले इतिहासको कालखण्डदेखि नै मकवानपुरमा राजाहरुले शासन गरेर बसेको बताइन् । विगतमा १९ जिल्लाको सदरमुकाम रहेको हेटौंडा प्रदेश ३ को राजधानीको लागि उपयुक्त रहेको बताइन् । सिग्देलले दुईतिहाइले हेटौंडालाई राजधानी बनाउनु...

प्रदेश सदस्य ग्लानको अमर्यादित भाषाः शेरबहादुर र बाघबहादुर

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले प्रदेशसभाको बैठकमा अमर्यादित भाषा बोलेका छन् । लोकप्रियताको लागि नाम उचहारण गरेर सस्तोमा नफाल्न उनले आग्रह गरे । ‘कसैले शेरबहादुरले भन्लान कसैले बाघबहादुर भन्लान ।–’ भन्दै ग्लानले अमर्यादित भाषा बोले । ग्लानले पूर्वप्रधानमन्त्री शेरबहादुरको नाम बिगारेर बाघबहादुर भनेका थिए । उनको...

‘राजधानी होइन, लाजधानी बन्दैछ’

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य जीवन डंगोलले हेटांैडा राजधानी उपयुक्त नहुने बताएकी छिन् । सत्तारुढ दल नेकपाले दुइतिहाइको दम्भ देखाएको भन्दै संविधानको अधिकारमाथि अधिनायकवाद लादेको उनले बताइन् । उनले राजधानी बनाउने प्रक्रिया नभएको भन्दै लाजधानी बन्दै गरेको बताइन् । डंगोलले प्रदेश, संसद र लोकतन्त्र कोमामा भएको बताइन् ।...

‘म हेटौंडाको विरोधी होइन, जनताका लागि उचित काभ्रे हो’

हेटौंडा, २४ पुस । पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त नभएको बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा बोल्दै पाण्डेले आफू हेटौंडाको विरोधी नभएको भन्दै १० जिल्लाकै लागि काभ्रे उपयुक्त भएको बताए । उनले हेटौंडा १३ लाख जनसंख्या भएको समुदायलाई हेटौंडा र...

राष्ट्रियसभामा उठ्यो प्रदेश ३ को राजधानीको विषय

हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषय माथिल्लो सदन राष्ट्रियसभामा उठेको छ । आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राजधानी र नामाकरणको विषयमा उठाएका हुन् । उनले प्रदेशको राजधानी र नामाकरणमा प्रदेशसभाको अधिकारमाथि सत्तारुढ दलका नेताहरुले निरकुंशता देखाएको आरोप...

राजधानी र नाममाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दै

हेटौंडा, २४ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज पनि बस्दै छ । हिजो बुधवार बसेको प्रदेशसभा बैठक आज ३ बजे बस्ने गरी स्थगित भएको थियो । बुधवारको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समिति प्रतिवेदनमाथि छलफल चलेको थियो । सोही प्रतिवेदनमाथि आज पनि छलफल हुने सभामुख...

राजधानीमा हेटौंडाको नाममात्र संसदमा प्रस्तावः मुख्यमन्त्री

हेटौंडा, २४ पुस । सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । मुख्यमन्त्री निवासमा बिहानदेखि जारी बैठकमा प्रदेश ३ को राजधानीका लागि प्रदेशसभामा प्रस्ताव गरिने जिल्ला तोक्न सांसदबीच रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा बैठकमा राजधानीमा हेटौंडाको नाममात्र प्रस्ताव लैजान प्रयास गरिरहेका छन् ।...

हेटौंडामात्र वा पाँचवटै जिल्ला प्रस्ताव लैजान सांसदबीच रस्साकस्सी

हेटौंडा, २४ पुस । सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । मुख्यमन्त्री निवासमा बिहानदेखि जारी बैठकमा प्रदेश ३ को राजधानीका लागि प्रदेशसभामा प्रस्ताव गरिने जिल्ला तोक्न सांसदबीच रस्साकस्सी चलिरहेको छ । छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव...