राजनीति/ समाज

काभ्रेको पक्षमा ७० प्रतिशत बढी जनमत– खत्री

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य भिमसेन खत्रीले प्रदेशका धेरै जनताको मत काभ्रेलाई राजधानी बनाउने पक्षमा रहेको बताएका छन् । उनले ७० प्रतिशत भन्दा पनि बढी जनमत काभ्रेको पक्षमा रहेको बताए । प्रदेशसभाले जनताको जनमत, इच्छाले राजधानी जहाँ चाहन्छ त्यही बनाउनु पर्ने धारणा राखे...

भक्तपुरलाई सरकारले राजधानी बनाउन उपयुक्त ठानेको छ– अमात्य

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै भक्तपुरबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद रजनी अमात्यले सबै जिल्लाको लागि भक्तपुर राजधानी उपयुक्त हुने बताएकी छिन् । भक्तपुरलाई राजधानी राख्नको निम्ति सरकारको तर्फबाट स्थलगत परिक्षणले उपयुक्त ठानेको बताइन् । संघीयताको मुलमर्म अनुसार भक्तपुरलाई राजधानी बनाउनु पर्ने उनको भनाई थियो ।...

राजधानी नुवाकोट चाहिन्छ– सांसद नेपाल

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै नुवाकोटबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद कल्पना नेपालले प्रदेशको राजधानी नुवाकोट बनाउनु पर्ने बताएकी छिन् । उनले नुवाकोट सडक, सञ्जाल, प्रस्तावित सुरुङमार्ग, विद्युतलगायतका दृष्टिकोणले राजधानी उपयुक्त भएको बताएकी हुन् । उनले नुवाकोटको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरेकी छन् ।...

राजधानी हेटौंडा तोक्न एकमत हुन जुनेलीको आग्रह

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै मकवानपुरकी सांसद जुनेली श्रेष्ठले हेटौंडालाई राजधानी तोक्न सत्तापक्ष र विपक्ष सबै एकमत हुनुपर्ने बताएकी छिन् । उनले हेटौंडा राजधानी टाढा भए पनि नजिक बनाउनु पर्नेमा जोड दिइन् । उनले हेटौंडा हरेक दृष्टिकोणले उपयुक्त भएको बताउँदै एकमत हुन आग्रह गरिन् ।...

कुखुरा मर्दा प्रदेशसभामा श्रद्धाञ्जली व्यक्त ! रेकर्डबाट हटाउन सांसदको आग्रह

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा ललितपुरको एक घटनालाई लिएर केही साँसदहरुले श्रद्धाञ्जली व्यक्त गरेपछि सो कुरालाई सँसदको रेकर्डबाट हटाउन ललितपुरबाट निर्वाचित साँसद टेकनाथ सञ्जेलले सभामुखलाई आग्रह गरेका छन् । सभामुखले बोल्न अनुमति दिएपछि रोष्टममा पुगेर साँसद सञ्जेलले २४ गते भएको घटनाबारे सविस्तार सुनाएका थिए । घटनामा...

भोली राजधानी सम्बन्धी प्रस्ताव पेश हुने, नामाकरणको २७ गते

हेटौंडा, २५ पुस । कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा ३ वटा कार्य सूचि तय गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल र समितिका संयोजक दिपक निरौलाले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि छ ।...

कार्यव्यवस्था समितिको बैठक सुरु

हेटौंडा, २५ पुस । कार्यव्यवस्था परामर्श समितिको बैठक हेटौंडामा सुरु भएको छ । नेकपा संसदीय दलको बैठक सकिए लगतै कार्यव्यवस्था समितिको बैठक बसेको हो । कार्यव्यवस्था समितिमा प्रदेशसभा प्रतिनिधित्व गर्ने सबै राजनीति दलको सहमागिता छ । भर्खरै सकिएको नेकपा संसदीय दलले राजधानी हेटौंडा र नाम बाग्मतीको प्रस्ताव मात्रै प्रदेशसभा...

काभ्रेका सांसद लामा तनावमा, तु खबरसँग भने– ‘हेटौंडा मानेर जाने–नजाने दुई दिनपछि थाहा हुन्छ’

हेटौंडा, २५ पुस । सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलले आफ्ना सांसदलाई प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेपछि काभ्रेका सांसदले तनाव भएको प्रतिक्रिया दिएका छन् । दलको निर्णय पश्चात प्रतिक्रिया बुझ्न तु खबरले काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामालाई सम्पर्क गरेको थियो...

नेकपा संसदीय दलको बैठक सकियोः हेटौंडा र बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’

हेटौंडा, २५ पुस । भर्खरै सकिएको सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलले आफ्ना सांसदलाई प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मतीको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । बिहान साढे ११ बजेदेखि बसेको बैठकले नेकपा सांसदहरुलाई हेटौंडा र बाग्मतीको पक्षमा मतदान गर्न सकुर्लर जारी गरेको संसदीय दलका...

नेकपा संसदीय दलको बैठक भर्खर सुरु

हेटौंडा, २५ पुस । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । करिब साढे ११ बजे सुरु बैठकमा प्रदेशको राजधानी र नामको विषयमा सहमती जुटाउने प्रयास जारी रहेको एक नेताले बताएका छन् । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न...