प्रदेशको नाम बाग्मतीको लागि मतदान सुरु

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १२:०५

हेटौंडा, २७ पुस । प्रदेश ३ को नाम बाग्मतीको लागि आज बसेको प्रदेशसभा बैठकको दोस्रो चरणमा मतदान प्रक्रिया सुरु भएको छ ।

इन्द्रबहादुर बानियाँले बाग्मतीलाई नाम प्रस्ताव पारित गरियोस भनी सभामा पेश गरेका थिए । सभामा प्रस्तावित बाग्मती नामका लागि सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ पेश गरेसँगै मतदान सुरु भएको हो ।

बाग्मती नामका लागि पक्ष र विपक्षमा मतदान गर्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*