राजनीति/ समाज
दुई रात कुर्नुहोस्, राजधानी हेटौंडा पाउनुहुन्छः मुख्यमन्त्री डोरमणि पौडेल
हेटौंडा, २५ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाले राजधानी पाउन दुई रातमात्र बाँकी रहेको बताएका छन् । उनले दुई रातपछि राजधानी हेटौंडा हुने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । आज शुक्रबार उद्योग संघ मकवानपुरको १८ औं साधारणसभालाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले भने– ‘म यो कार्यक्रममा...
नेकपा बैठकको निश्कर्षः राजधानीको लागि हेटौंडामात्रै प्रस्ताव, आज ह्विप लगाउने
हेटौंडा, २५ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा हिजो बिहीवार बेलुका अबेरसम्म बसेको उपलब्ध नेकपा केन्द्रीय सदस्यहरुको बैठकले निश्कर्ष निकालेको छ । मुख्यमन्त्री निवास हेटौंडामा बसेको नेकपा नेताहरुको बैठकले प्रदेश ३ को राजधानी र नामाकरणलाई संसदीय प्रक्रियामा कसरी अगाडि बढउने भन्ने विषयमा छलफल...
‘लाखौं जनता मुस्किलले हेटौंडा पुग्छन्, १० जिल्लाले राजधानी भेटाउँदैन’
हेटौंडा, २४ पुस । आज बिहीवार बसेको प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसद रमेश पौड्यालले हेटौंडा राजधानी अपायक भएकोले १० जिल्लाले राजधानी नै नभेटाउने भन्दै व्यङ्ग्य गरेका छन् । उनले पहिलेदेखि नै हेटौंडा अपायक भएको भन्दै राजधानी काभ्रे बनाउनु पर्ने धारणा राख्दै आएका थिए । उनले ६०...
मुख्यमन्त्री निवासमा नेकपा नेताहरुको बैठक चल्दै
हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा सत्तारुढ दल नेकपाका नेताहरु सहमतीको खोजि गर्दै छलफलमा अनवरत लागि रहेका छन् । पार्टी नेतृत्वले दई पटकसम्म प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिइसकेको अवस्थामा पनि सहमती जुट्न सकेको छैन् । हेटौंडालाई राजधानी...
कांग्रेस संसदीय दलको बैठक भोली बस्दै
हेटौंडा, २४ पुस । प्रदेश ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोली बेलुका बस्ने भएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संसदीय दलको बैठक भोली बेलुका बस्ने तु खबरलाई बताए । कांग्रेस संसदीय दलले राजधानीको विषयमा ठोस निर्णय गर्न सकेको छैन । यसअघि काठमाडौंमा...
प्रदेशसभा बैठक स्थगित, पुस २५ गते ३ बजे फेरि बस्ने
हेटौंडा, २४ पुस । प्रदेशसभा बैठक स्थगित भएको छ । भोली शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जनाए । आजको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलको क्रममा प्रदेशको राजधानी हेटौंडा, काभ्रे राख्नु पर्छ भन्ने विषयमा...
मकवानपुरको फाखेलमा राजधानी राखौं– सांसद राजेन्द्रमान श्रेष्ठ
हेटौंडा, पुस २४ । आज हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले सकेसम्म काभ्रेमा राजधानी राखौं त्याहाँ सम्भव नभए मकवानपुरको फाखेलमा राजधानी राख्न आग्रह गरेका छन् । उनले फाखेलमा राजधानी राख्न नयाँ शिराबाट बहस र छलफल गर्न आग्रह गरे । श्रेष्ठले प्रदेशको शक्ति केन्द्रहरुलाई तीन जिल्लामा बाँडफाँड...
कांग्रेस सांसदले भनेः मुटुमाथि ढुंगा राखी हाँस्नु पर्दैन, छाती माथि हात राखेर निर्णय गर्नुस्
हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस सांसद निमा लामाले मुटु माथि ढुंगा राखी नहास्न बरु छाती माथि हात राखेर राजधानीको विषयमा निर्णय आग्रह गरेका छन् । हिजो संसदमा बोल्ने काभ्रेबाट निर्वाचित सदस्य बसुन्धारा हुमागाईंले राजधानीको विषयमा निर्णय गर्न सकस परिरहेको सन्दर्भ कोट्याउँदै मुटु माथि ढुंगा...
हेटौंडा आवतजावत गर्ने सडक २ वर्षसम्म किन बनेन ?
हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा केशव प्रसाद पोखरेलले हेटौंडा आउने बाटो २ वर्षसम्म नबनाएको भन्दै प्रश्न उठाएका छन् । उनले अस्थायी राजधानी भएको २ वर्षसम्म हेटौंडा आवतजावत गर्ने छोटो मार्ग सुधार नभएको भन्दै गुनासो गरे । राजधानी काभ्रे उपयुक्त भएको उनको भनाई छ । सांसद पोखरेलले...
इतिहासमै पहिलो पटक संसदमा चेपाङ भाषाबाट संबोधन
हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा मकवानपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले सम्भवत इतिहासमै पहिलो पटक चेपाङ भाषामा संसदमा संबोधन गरेका छन् । नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन। उनले चेपाङ भाषामा...










