संसदमा नौलो प्रस्तावः प्रदेशको नाम ‘नेताबा’

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:१२

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश ३ को नाम नौलो राख्न प्रस्ताव गरेका छन् ।

महर्जनले नेताहरुले ठाडो निर्देशन दिएको कारण प्रदेशको नाम ‘नेताबा’ राख्न पर्ने भन्दै व्यङ्ग्य गरे । महर्जनले ‘नेताबा’लाई परिभाषित पनि गरेका छन् ।

उनले नेः नेवा, ताः ताम्सालिङ र बाः बाग्मती भन्दै ‘नेताबा’लाई परिभाषित गरेका हुन् । उनले राजधानी काभ्रे उपयुक्त भएको बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*