‘म हेटौंडाको विरोधी होइन, जनताका लागि उचित काभ्रे हो’

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १५:२७

हेटौंडा, २४ पुस । पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त नभएको बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा बोल्दै पाण्डेले आफू हेटौंडाको विरोधी नभएको भन्दै १० जिल्लाकै लागि काभ्रे उपयुक्त भएको बताए ।

उनले हेटौंडा १३ लाख जनसंख्या भएको समुदायलाई हेटौंडा र ३२ लाख जनसंख्या भएको समुदायलाई काभ्रे राजधानी उचित भएको धारणा राखे । उनले प्रदेशसभाको अधिकारमा शक्ति केन्द्र प्रवेश गर्न नपाउने भन्दै संसद स्वतन्त्र भएकोब बताए ।

सांसद पाण्डेले राजधानीको विषयमा नयाँ प्रस्ताव अगाडि सारेका छन् । काभ्रे र हेटौंडा दुवै ठाउँमा राजधानी राख्न उनले सुझाव दिए । हिउँदे अधिवेश हेटौंडामा गरे, बर्खे अधिवेशन काभ्रेमा गर्दै राजधानी दुई स्थानमा राख्नु पर्ने धारणा राखेका छन् ।

उनले आफू प्रदेशभरीकै सांसद भएको कारण हेटौंडा टाढा भन्दा पनि जनताको लागि उपयुक्त काभ्रेको पक्षमा उभिएको बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*