‘काभ्रेका सांसदले किन खुट्टा कमाए ?’

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:०४

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य रमेश पौड्यालले काभ्रेकै पक्षमा बोल्ने सांसदहरुले किन खुट्टा कमाएको भन्दै प्रश्न गरेका छन् ।

प्रदेशको राजधानी काभ्रे बनाउनु पर्छ भनेर बोल्ने काभ्रेका सांसदहरुको बोली लरबरिएको सांसद पौड्यालले बताए । उनले काठमाडौंबाट म्यासेज आएको भन्दै लरबरिएको दावी गरे ।

उनले राजधानी हेटौंडा नभई काभ्रे नै उपयुक्त हुने बताए । सत्तारुढ दलले राजधानी हेटौंडा राख्न निर्देशन दिनु इतिहासकै महाभुल भएको विवेकशील दलका सांसद पौड्यालले बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*