हेटौंडा राजधानी बनाउन ‘हाइकमाण्ड’ले यस्तो भन्यो
हेटौंडा, २३ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ ।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन् । नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए ।
हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका थिए । मुख्यमन्त्री डोरमणि पौडेल निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए ।
पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागाईं, राजेन्द्र पाण्डेलगायत थिए ।
पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो । हेटौंडामा भएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षले नामको विषयमा सहमती जनाएपनि राजधानी हेटौंडा नहुने अडान लिँदै आएका थिए । राजधानीको विषयमा विवाद बढेपछि बिनानिश्कर्ष बैठक टुंगिएको थियो ।
नाम र राजधानी नटुंग्गिएका अन्य प्रदेशका विषयमा केही निर्णय नलिने तर प्रदेश ३ को मात्र नाम र राजधानीमा निर्देशन जारी गर्नु, प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु र बहुमत सांसद विपक्षमा रहँदारहँदै पनि केन्द्रले निर्णय लाद्न खोजेको आरोप लगाउँदै निर्णय नमान्ने चेतावनी प्रदेश सांसदहरुले दिएपछि पार्टी ‘हाइकमाण्ड’ ले प्रदेश जिम्मेवारीमा रहेका नेताहरूलाई बालुवाटारमा बोलाई पुनः निर्देशन गरेका हुन् ।
प्रधानमन्त्रीले यस्तो भने
‘हेटौंडामा प्रदेशको अस्थायी राजधानी भनेर गइहाल्यो । अब सार्दा अरू समस्या आउँछन् । सामान्य वडाको कार्यालय वरपर गर्दा त नयाँनयाँ समस्या आइलाग्छ । राजधानी बनाउने भएपछि काठमाडौं खाल्टो मात्र होइन, अलिक पर होस् भन्ने पनि हुनुपर्छ । भूगोलका कारणले टाढा भयो होला, तर पनि अब यो पार्टीको निर्णय हो । जसरी पनि मानेरै जानुहोस ।–’ प्रधानमन्त्रीको निर्देशन उदृृत गर्दै एक प्रदेशसभा सदस्यले तु खबरसँग भने ।
प्रधानमन्त्री ओलीले आवश्यकता, औचित्य, संघीयताको मर्म, जनसंख्याको अवस्था, तराई र पहाड जोड्ने सामारिक महत्वको क्षेत्र र नयाँ ठाउँ विशेषले पनि राजधानी हेटौंडा बाहेक अन्यत्र सोच्नै नसकिने बताएका थिए ।
‘सचिवालयले दिएको सल्लाह कार्यान्वयन गर्ने दायित्व तपाईंहरुको हो,’ प्रधानमन्त्रीले भने, ‘भोलिबाटै संसद् खुलाएर २७ गतेभित्र मतदान प्रक्रियामा लगेर टुंगो लगाउनुहोस्।’ बैठकमा ओलीले नेताहरुलाई निर्देशन दिए ।
प्रचण्डले के भने ?
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीले प्रदेशको नाम र राजधानीबारे सचिवालयले निर्णयका रूपमा भन्दा पनि समझदारीका रूपमा सुझाव दिएको बताएका थिए ।
‘धेरै विषयमा अध्ययन गरेर समझदारीका रूपमा यो निर्णय लिइएको हो । यसलाई माथिबाट लादेको निर्णयका रूपमा होइन, समस्या जहाँ पर्छ, समस्या परेपछि पार्टीले एउटा निकास खोल्छ भन्ने अर्थमा लिनुपर्छ । हामीले सचिवालयमा सर्वसम्मत निर्णय गरेका हौं,’ दाहालको भनाइ थियो ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ
- संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
- राजधानी र नामको लागि हुने मतदान धकेलियो
- हेटौंडालाई राजधानी बनाउन सडकमा उत्रियो दबाब र्याली
- हेटौंडा राजधानी जनतालाई मात्रै होइन, देशकै लागिः बानियाँ
- प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’
- प्रदेशसभा बैठक स्थगितः पुस २३ गते बस्ने
- प्रदेशको नाम बागमती राख्न किन हतार ?
- जब बानियाँले वैद्यलाई संसदबाहिर ‘हप्काए’ !
- प्रदेशका कानुन मन्त्री राजधानीको विषयमा ‘यूटर्न’
- हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ
- आज बस्ने संसदीय दलको बैठक स्थगित, नेताहरु काठमाडौं हानिए
- हेटौंडाको बैठक छोडेर नेताहरु किन हानिए काठमाडौं ?
- हेटौंडा राजधानी बनाउन ह्वीप लगाए ‘फ्लोर क्रस’
- केपी ओलीको प्रदेशका नेतालाई जवाफः ‘हेटौंडाको विकल्प नखोज्नुस्’
- राजधानी र नाम टुंग्याउन पुस २७ गते मतदान
- सुरक्षा रिपोर्ट र पार्टीभित्रकै छलफलले हेटौंडा राजधानीः नेकपा
- विवाद र असन्तुष्ट त्यागेर सांसदहरु एक मतः मुख्यमन्त्री