‘प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त’

तु खबर संवाददाता
२०७६ पुष २३, बुधबार १५:३०

हेटौंडा, २३ पुस । प्रदेश ३ को राजधानी भक्तपुर जिल्ला उपयुक्त रहेको सोही क्षेत्रबाट निर्वाचित सांसद शशिजंग थापाले बताएका छन् ।

आज प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै सांसद थापाले राजधानी भक्तपुर सर्वस्वीकार्य हुने दावी गरे । भक्तपुरलाई उपयुक्त हुने सबै सांसदले भनेको थापाले दावी गरे ।

उनले प्रदेश सरकारको लागि पर्याप्त भौतिक संरचना तथा जग्गा उपलब्ध हुने भन्दै राजधानी भक्तपुर बनाउनु पर्ने बताए ।

प्राविधिक टोलीले पनि भक्तपुरलाई राजधानी तोक्न उपयुक्त भनेको भन्दै उनले भक्तपुरलाई राजधानी तोक्नस पर्ने माग गरे ।

प्रदेशको १३ वटै जिल्लालाई भक्तपुर राजधानी बनाउँदा सहज हुने उनले बताए । केन्द्रीय सरकारसँग समन्वय गर्न सहज हुने उनको भनाई छ ।

स्वच्छ, सफा र रमणीय र अन्तराष्ट्रिय विमानस्थल नजिक भएकोले स्थायी राजधानीको लागि भक्तपुर पास गरिदिनु हुन्छ भन्दै आशा व्यक्त गरेको बताए ।

यो पनि पढ्नुहोस्

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*